महेन्द्रनगर (कञ्चनपुर)
७ जेठ । कञ्चनपुरको महाकाली नदीमा दुई दिनदेखि बेपत्ता एक किशोरको शव आज फेला परेको छ ।
दोधारा चाँदनी नगरपालिका–१७ वर्षीय विष्णु सुनारको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शनिबारदेखि महाकाली नदीमा बेपत्ता भएका सुनारको शव दोधारा चाँदनी–१० कुतियाकवरस्थित महाकाली नदीमा फेला परेको हो ।
उनको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको प्रवक्ता जोशीले बताएका छन् ।








प्रतिक्रिया