७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवनको बस्तीमा बाघ पसेपछि…



चितवन
८ जेठ । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी दुई वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिइएको हो ।
बाघले निकुञ्जबाट बाहिर निस्किएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो । डार्टको प्रयास असफल भएपछि खोरमा बाख्रा राखि बाघलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन् ।

प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जका पशु चिकित्सक, पाँच हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई अहिले सौराहामा राखिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : ३० बजे