२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कान्तिपुरका अध्यक्ष सिरोहिया भन्छन्,‘छानविनमा सघाउँछु भन्दाभन्दै कार्यकक्षबाट पक्राउ गरे’



काठमाडौँ
८ जेठ । कान्तिपुरका अध्यक्ष सिरोहियाले छानविनमा प्रहरीलाई सघाउँछु भन्दाभन्दै कार्यकक्षबाट पक्राउ गरेको गुनासो गरेका छन् ।
कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेपछि प्रतिकृया दिदै अध्यक्ष सिरोहियालाई प्रहरीले घेरा मारेर गाडीमा राखेर लगेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पब्लिकेसनको थापाथलीस्थित उनकै कार्यकक्षबाट आज पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धानका क्रममा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको जानकारी दिँदै थप अनुसन्धानका लागि जनकपुर लैजाने तयारी भइरहेको बताए ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।