४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पुजार सार्की’ सामाजिक सञ्जालमा पोष्ट



ललितखबर
१३ जेठ । चलचित्र पुजार सार्की पाइरेसी भएको छ । शनिबार चलचित्र सामाजिक सञ्जालमा पोष्ट गरिएको हो ।
नेचुरल व्युटील्याण्ड नामको फेसबुक पेजबाट पोष्ट गरिएको चलचित्रको ११ मिनेट ४ सेकेण्ड सामाजिक सञ्जालमा पोष्ट भएको छ ।
चलचित्रका निर्माता सुवास भुसालले युट्युवमा समेत भिडियो सार्वजनिक भएकाले तनाव भएको बताए । चलचित्र युट्युवमा समेत पोष्ट भएको बताउदै उनले भने, ‘हामी युट्युवमा कपिराइट दावी गरिरहेका छौं ।’
चलचित्रका निर्माण पक्षका अनुसार यस्तो पाइरेसी हरेक चलचित्रमा हुने गरेको छ । अरु केही अंश कपिलाइट दाबी गरेर हटाइएको समेत उनले जानकारी दिए ।
प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार अरुको श्रृजना सामाजिक चोरी गरेर सार्वजनिक गर्नु दण्डनिय अपराध हो । ऐनले अरुको श्रृजना चोरी गरेको खण्डमा ५० हजारसम्म जरिवाना गर्ने प्रावधान छ ।
चलचित्रका निर्माता भुसालले कानूनी उपचारमा गए ५० हजारसम्म क्षतिपूर्ति भराउने व्यवस्था रहेको तर आफूहरुको करोडौंको क्षति हुने दुखेसो पोखे ।
पछिल्लो समय चलचित्रको पर्दामै पाइरेसी गरे कारवाही हुने विज्ञापन प्रशारण हुने गरेको छ । हलमा चलचित्र प्रशारण भइरहेको बेला भिडियो खिचेको देखे हलका कर्मचारीले मोवाइल क्यामेरा खोसेर भिडियो मेटाउने गरेका छन् ।
केही समयअघि चलचित्र छक्का पञ्जा पाइरेसी भएपछि निर्माता तथा निर्देशक दिपकराज गिरीले उजुरी दिएका थिए । पाइरेसी गरेका एक व्यक्तिले आत्महत्या गरेपछि विवादले नयाँ मोड दिएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ३ : १६ बजे