७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा प्रतिपक्षीको नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल



१३ जेठ । प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधि सभामा आगामी आर्थिक २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ ।

सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेसँगै नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको हो ।

प्रधानमन्त्रीले प्रस्ताव राखेपछि सभामुखले दुई वटा संशोधनका सूचना प्राप्त भएको जानकारी गराए । त्यसपछि सभामुखले जनमोर्चाका चित्रबहादुर केसीलाई आफ्नो संशोधन प्रस्ताव राख्न पाँच मिनेट समय दिए ।

छलफलमा माग लिँदै जनमोर्चाका केसीले संशोधन प्रस्ताव राखेका छन् । उनले रोस्ट्रमा नगएर आशनबाटै बोलेका हुन् । सत्तापक्षले सहकारी ठगलाई जोगाउन गणतन्त्र र लोकतन्त्रमाथिको प्रहार रहेको बताए । नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने बताए ।

अर्का संशोधनकर्ता नेमकिपाका प्रेम सुवालले भने नाराबाजीकै बीच आफ्नो संशोधन प्रस्ताव राखेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : ३५ बजे