३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुग्लिङ नारायणगढ सडक विस्तारको क्रममा स्काभेटर पुरिँदा चालक मृत्यु



चितवन
१३ जेठ । मुग्लिङ नारायणगढ सडक खण्डको तीन नम्बर पुलमा बा.२ क ८६५१ नम्बरको स्काभेटर पुरिँदा चालक बर्दिया गेडुवा गाउँपालिका–४ बस्ने ३८ वर्षीय मंगल चौधरीको आइतबार बिहान मृत्यु भएको छ ।
ईच्छाकामना गाउँपालिका–५ पर्ने यस पुलको लागि पहाड काट्ने क्रममा माथिबाट ढुङ्गा सहितको पहिरो खसेर चालक सहित स्काभेटर पुरिएको थियो । दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले चालक चौधरीलाई गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका क्रममा स्काभेटर पूर्णरूपमा क्षति भएको छ । सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षति भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।