९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुर नगरपालिकामा थोरै बेरुजु, भक्तपुरमा धेरै



१५ जेठ । भक्तपुर जिल्लाका स्थानीय तहहरु मध्ये मध्यपुर ठिमी नगरपालिकामा थोरै बेरुजु देखिएको छ ।
महालेखा परिक्षकले प्रकाशित गरेको तथ्यांक अनुसार मध्यपुर ठिमी नगरपालिकामा १ करोड ३३ लाख ९४ हजार बेरुजु देखिएको छ भने भक्तपुर नगरपालिकामा१ अर्व ३८ करोड ७३ लाख ३ हजार बेरुजु रहेको छ ।
साथै चाँगुनारायण नगरपालिकाको ५ करोड ८ लाख २३ हजार र सूर्यविनायक नगरपालिकाको २२ करोड २८ लाख ३ हजार बेरुजु रहेको महालेखाको रिपोर्टमा उल्येख छ ।
आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको भन्दा यो सवा २ खर्ब रुपैयाँले बढी हो । गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : २२ बजे