९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको काभ्रेस्थलीमा मिनि ट्रक दुर्घटना : एक यात्रीको मृत्यु, पाँच घाइते



काठमाडौं
१७ जेठ । काठमाडौंको काभ्रेस्थलीमा मिनि ट्रक दुर्घटनामा एक यात्रीको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित सडकमा बा.४ ख ३२० नम्बरको मिनि ट्रक अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्रकमा यात्रारत सोही नगरपालिका–२ काभ्रेस्थली बस्ने २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जरङखुस्थित मेगा ग्रिनसिटी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १ : ०० बजे