३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वस्वास्थ्यमन्त्री गगन थापाले चौध करोड भ्रष्टाचार गरेको राजकुमार तिमल्सिनाको आरोप



 

१९ जेठ । पुर्वस्वास्थ्यमन्त्री गगन थापाले १४ करोड भ्रष्टाचारमा संलग्न भएको विषयका प्रमाणहरु आफूसँग भन्दै नियमित रुपमा स्ट्रिङ अपरेसन गरिरहेका राजकुमार तिमल्सिनाले एक टेलिभिजन कार्यक्रममा बताएका छन् । उनले सो प्रमाण चाँडै सार्वजनिक गर्ने समेत बताएका छन् ।
एनले नेपालमा धेरै भष्ट्राचारका काण्ड नेपाली काँग्रेसको पालामा भएको दाबी गरे । उनले एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले नाकाबन्दी खुलाएको, चुच्चेनक्साको सवालमा अडान दिएको भन्द्र प्रसंसा समेत गरेका छन् ।
तिमल्सिनाले स्ट्रिङ अपरेसनमार्फत अख्तियार दुरुपयोग आयोगलाई भष्ट्राचार नियन्त्रणमा सहयोग गरिरहेका थिए । उनले गरिरहेको स्ट्रिङ अपरेसनमाथि विभिन्न व्यक्तिले प्रश्न उठाउदै्र बार्गेनिङ गरेको आशंका व्यक्त गरेका थिए ।
उनले देशमा अव धेरै जेल आवश्यक रहेको बताए ।
गगन थापा मात्रै नभई धेरै नेताहरुको अनियमितताको फाइल आफूसँग रहेको बताए ।
उनले आफूसँग तत्काल ३५ वटा अनियमितताका फाइल रहेको र राज्यले अनुसन्धान गरेर कारवाही गर्न चाहे आफूले दिने बताए ।
उनले धेरै घटनामा आफू पिडित रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।