२३ जेठ । काठमाडौं चाबहिलमा आफ्नै परिवारका सदस्यमाथि मट्टीतेल छर्किएर आगो लगाउँदा पाँचजना घाइते भएका छन्। ५२ वर्षीय चञ्चल सिंहले मंगलबार राति करिब ९ बजे चाबहिलस्थित आफ्नै घरमा मट्टीतेल खन्याएर तीन छोरी र श्रीमतीमाथि आगो लगाएका थिए। घाइतेहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई छोरीको अवस्था गम्भीर छ।
जलेर घाइते भएका जेठी छोरी सुप्रिया र माइली छोरी समृद्धिको आइसियूमा उपचार भइरहेको छ भने आठ वर्षीया कान्छी छोरी सुहानी, श्रीमती बिनुको सामान्य वार्डमा उपचार भइरहेको छ। घटनामा सिंह आफैँ पनि घाइते भएका छन्। उनको पनि सामान्य वार्डमा उपचार भइरहेको छ।
प्रतिक्रिया