१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकाबिहानै फेरि भूकम्पको धक्का



२४ जेठ । पछिल्लो समय निरन्तर भुकम्पको धक्का महसुस हुन थालेको छ ।

फेरि एकाबिहानै जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
गतबुधबार बिहान १०ः३० बजे पनि पश्चिम नेपालको दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रिक्टर स्केलको भूकम्पले धक्का दिएको थियो ।
गएकोे सोमबार पनि साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
सो भुकम्प तीन दशमलव सात रेक्टरस्केलको भूकम्प थियो ।
यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।