९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखा र बालाजुमा चोरी



काठमाडौ
२५ जेठ । काठमाडौंको टोखा र बालाजुमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटारस्थित राम बहादुर थापाको घरबाट नगद, सुनका विभिन्न गरगहना तथा अन्य सामानहरू चोरी भएको छ । प्रहरीका अनुसार उनको घरबाट अन्दाजी २८ लाख १७ हजार ५ रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३६ वर्षीय सुदिर फुयालको घरको दोस्रो तलाको कोठाबाट पनि चोरी भएको छ ।
उनको घरको ढोकाको ताला फुटाली सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख २७ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको हो । साथै सोही घरमा डेरा गरी बस्ने मकवानपुर फापरबारी गाउँपालिका–१ घर भएका ३० वर्षीय आक्रम बहादुर पुलामीको कोठाको चाबी फुटाई ल्यापटप र नगद गरी अन्दाजी ८५ हजार रूपैयाँ बराबरको धनमाल समेत चोरी भएको छ ।
यी घटनाहरुमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ०३ बजे