७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विराटनगरमा सरकारी गाडी तोडफोड र आगजनी



२७ जेठ । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगजनी गरेका छन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका हुन् ।

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेको प्रहरीले बताएको छ ।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : ०१ बजे