७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कर्णाली झोलुंगे पुलमा फसेका खच्चडमध्ये दुई वटा मरे(अपडेट)



२७ जेठ । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये खच्चडमध्ये दुई वटा मरेका छन्। उद्धारका क्रममा दुई वटालाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले बताए । एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो।

८ वटा खच्चडको उद्धार गरिएको छ । आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका थिए ।

फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : ५९ बजे