२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मध्य र पश्चिम तराईमा अझै तीन दिन अत्यधिक गर्मी, तातो हावा चल्ने



२९ जेठ । देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा आगामी केही दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ ।

आगामी तीन दिन (आजदेखि ३१ गतेसम्म) अत्यधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती भूभागमा अझै तीन दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना छ ।

महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै गर्मीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन अनुरोध गरेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।