७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मावली घरबाट चार महिनाअघि हराएका निर्भिकको अवस्था अझै अज्ञात



काठमाडौं
२९ जेठ । सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–८ का गोविन्द तामाङले आफ्नो हराइरहेको नाती निर्भिक तामाङको खोजी गरिदिन आग्रह गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो ६ वर्षीय नातीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरका हुन् ।
निर्भिक २०८० माघ २२ गते गोविन्द र उनीकी आमा सम्झनासँग मावली घर इलाम जिल्लाको रोङ्गे गाउँपालिका दुधेखोला आएका थिए । सानीआमाको विवाहमा आएका निर्भिक गत माघ २५ गतेदेखि बेपत्ता छन् ।
गोविन्दको भनाइअनुसार मावली घरको हजुरआमा पर्ने दिलमाया तामाङले निर्भिकलाई लिएर गएकी थिईन् । निर्भिकलाई लिएर गएकी दिलमाया एक्लै फर्किएको र उनको अवस्था अहिलेसम्म अज्ञात रहेको गोविन्दले बताए ।
दिलमायालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरी छाडेको छ । गोविन्दले आफ्नो नातीलाई जसले लगेको भएपनि आफ्नै बच्चा जसरी राखिदिन आग्रह गरे ।
उनले भने, ‘कसैले त्यो बच्चालाई लगेको छ भने ल्याइदिनुहोला । गलत तरिकाले लगेको भएपनि तपाईहरुले त्यसलाई राम्रोसँग खानपिन गराएर राखिदिनु होला । त्यो खर्च भएको हामी पछि दिनेछौं ।’ गोविन्दले आफ्नो नाती निर्भिकको खोजी कार्यमा सहयोग गरिदिन सरोकारवालाहरुसँग अपिल गरे ।
धरान उपमहानगरपालिका–८ का वडा अध्यक्ष धनबहादुर राईले पनि बालक खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरे । उक्त घटनाले विगत चार महिनादेखि वडाबासीलाई नै दुःखी बनाएको प्रतिक्रिया दिए । आफूहरुले निर्भिकको खोजी कार्यमा उनको परिवारलाई सक्दो सहयोग गरेको पनि उनले बताए ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ३ : ४१ बजे