९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीमा करेन्ट लागेर एक किशोरको मृत्यु



३२ जेठ । काठमाडौंको कलंकीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित केसी अटोमोटर साईकल वर्कसपमा काम गरी बस्ने बारा कलैया उपमहानगरपालिका–१७ घर भएका १६ वर्षीय जितेन्द्र साह कानुको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
उनलाई फलामको खाटबाट भुँईमा ओर्लने क्रममा विजुलीको तार सट भई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियोे ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोजानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ४ : १२ बजे