१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाथीभरामा एक महिनामै १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन



फुङ्लिङ
१ असार  । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ ।
सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।