९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन जनप्रतिनिधिहरुलाई मेयर बालेनको चेतावनी



 

२ जेठ । काठमाडौं महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन जनप्रतिनिधिहरुलाई मेयर बालेनको चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको दाबी गरेका छन् ।
मेयर बालेनले काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुनेभएकाले नगरसभा लाइभ गर्ने गरेको बताएका छन्
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा नरहने, १ सय ६० जना जनप्रतिनिधिको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहने दाबी गर्दै बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले नगर्ने उद्घोष गरेका छन् ।

महानगरले गएको शुक्रबार नीति तथा कार्यक्रम ल्याएको छ । यही असार १० गतेसम्म स्थानीय तहले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ६ : ०६ बजे