८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पाकिस्तानी टिकटकर मोडल एलिया र सुरेशको रोमान्स समेटिएको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं
३ असार । पाकिस्तानी टिकटकर मोडल एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स समेटिएको  ’माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ । निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक लामाको युट्युव च्यानल ’सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।
भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। यो समाचार तयार पार्दा सम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ।

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् ।
उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । डा. एलिया नेपाल र नेपालीलाई मनैदेखि माया गर्छिन्। ’माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  १० : ५५ बजे