८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका अस्मिता अधिकारी र गायक महेश काफलेबीच औठी साटासाट



५ असार । गायिका अस्मिता अधिकारी र गायक महेश काफले बीच औठी साटासाट(इन्गेजमेन्ट) भएको छ ।
उनीहरुले दुबईको बुर्ख खालिफा गएर इन्गेजमेन्ट गरेको उनीहरुले फेसबुक मार्फत जानकारी दिएका छन् । उनीहरु इनास म्युजिकल धमाका सिजन २ लागि ६ दिन अघि दुवाई पुगेका थिए ।
महेशले अस्मितालाई औंठी लगाइदिएको हात समातेको र आलिंगनमा बाधिएर चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा छरपष्ट पारेका छन् । उनीहरुले आफूहरु प्रेम सम्बन्धमा रहेको चर्च चले पनि स्वीकार भने गरेका थिएनन् ।
उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन्
केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । पछिल्लो समय दुबै गायक गायिकाका दर्जनभन्दा धेरै गीत चर्चामा छ ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार  ४ : ४६ बजे