१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलद्वारा पद अस्वीकार



९ असार । सरकारले दक्षिण कोरियाका लागि नेपाली राजदूतमा सिफारिस गरेका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्। उनले आफूलाई जानकारी नै नदिई राजदूतमा नाम सिफारिस गरिएकाले राजदूत बन्न इन्कार गरेको बताएका छन्।

मन्त्रिपरिषद्को बैठकले विभिन्न आठ देशमा सत्तारुढ नेकपा एमालेका तर्फबाट प्रस्तावित राजदूत सिफारिस गरेको थियो। प्याकुरेलले आफूले पद स्वीकार नगर्ने जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएका छन्।

प्याकुरेलले यससम्बन्धी पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएको जानकारी दिँदैउकालोसँग भने, “मैले यसबारे लिखित धारणा नै सार्वजनिक गरिसकेँ, म राजदूत बन्दिनँ।”

प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। यसअघि उनी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार थिए। तर त्यसबेला पूर्वसभामुख अग्नि सापकोटाको द्वन्द्वकालसम्बन्धी मुद्दाको सन्दर्भमा राष्ट्रपतिसँग असहमति जनाउँदै उनले राजीनामा दिएका थिए।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।