१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदिप खड्काले छायांकन स्थलमा पाए ‘भ्यानेटी भ्यान’को सुविधा



काठमाडौँ
९ असार । अभिनेता प्रदिप खड्काले चलचित्र ‘एक्टर’को छायांकन स्थलमा ‘भ्यानेटी भ्यान’को सुविधा पाएका छन् । थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो फिल्मको टिमले नायक प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको हो ।

विशेषत भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो भेन प्रयोग गरिन्छ । बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने भ्यानेटी भ्यानको प्रचलन खासै छैन ।

जानकारहरुका अनुसार बालाजु ल्याबमा यस्तै भेनको प्रयोग दुई वर्ष गरिएको थियो । तर, यसपटक भने चलचित्रका निर्माता थमन कुमार भण्डारीले नायक खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका हुन् । चलचित्रको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् । ‘भ्यानेटी रुम’लाई नेपालमा नै तयार पारिएको हो ।

केही दिनदेखि चलचित्र‘एक्टर’का धमाधम छायांकन भइरहेको हो । चलचित्रमा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही चलचित्रबाट डेब्यु गरेकी हुन् ।

पोखरामा १० दिन छायांकन सक्काएर टिमले काठमाडौंको सेड्युलमा विगत केही सातादेखि ब्यस्त छ।

यो चलचित्र आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने चलचित्रमा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । गत जेठ दोस्रो साता चलचित्रको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए । करिब ९ वर्षपछि पर्दामा देखिन लागेको उनी चलचित्रको छायांकन सकाएर केही दिन अघि अमेरिका फर्किसकेका छन् ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । चलचित्रका निर्देशकराजन भुसाल हुन्। ’एक्टर’मा नरेन्द्र मैनालीले छायांकन रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  २ : ४४ बजे