१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यी प्रदेशमा आज भारी वर्षाको सम्भावना



१० असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल यी प्रदेशमा मनसुनी प्रभाव छ भने बाँकी भागमा स्थानीय वायु आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै राति देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति पनि साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ५ : २४ बजे