११ असार । गायिका समीक्षा अधिकारीले आफुलाई आफु संसारकै भाग्यमानी छु झै लाग्ने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा अधिकारीले आफु उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली बताएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र? ‘
विगतका घटना कोट्याउदै गायिका अधिकारीले आफू उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लड्दा आफूलाई उठ्न धेरैले हात दिएको र साथ दिएको स्मरण गरेकी छिन् ।
यसै कारण म संसारकै भाग्यमानी भएको तर्क गर्दै भनेकी छिन्,’असफल हुदा खुसी हुनेहरु धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति। म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस्। रुदैं हिड्न नपरोस्।’
प्रतिक्रिया