२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी



मनहरी (बागमती)
११ असार । मकवानपुरमा जङ्गली विषालु च्याउ खाँदा एक साताभित्र तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने विनोद लामाका चार वर्षीय छोरा दिपेश लामा, सोही स्थानकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताएकी छिन् ।

असार ३ गते जङ्गली च्याउ खाएर बिरामी परेका बालक लामा र रुम्बाको चितवनस्थित सिएमसी अस्पतालमा उपचार भइरहेकामा आर्थिक अभावका कारण परिवारले आफू खुसी घर लगेको र उनीहरुको असार ८ गते घरमै मृत्यु भएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

यस्तै जङ्गली च्याउ खाएर बिरामी परेका प्रजाको पनि भरतपुर अस्पताल चितवनमा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरामी परेकामध्ये आठ जना उपचारपछि घर फर्किएको र अन्यको सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा बर्खा लागेसँगै जङ्गलमा च्याउ निस्कने गर्दछन् । सोही विषालु च्याउ नचिन्नाले मानिसको मृत्युसमेत हुने गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।