११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भिख माग्ने बाहानामा आएका भारतीय महिलाद्वारा सुनका गहना लुटपाट पछि पक्राउ



काठमाडौं
१४ असार । राजधानी काठमाडौंमा भिख माग्ने बाहानामा आएका दुई भारतीय महिलाले सुनका गहना लटुपाटगरे दुवै पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना ले भिख माग्ने बाहानामा एक घरमा पुगेर महिलाको गरगहना लुटपाट गरेका हुन् ।
उनीहरु काठमाडौं महानगरपालिका ३० सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका–१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेका हुन् ।
उनीहरु दुबै घटनापछि बिहीबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ ।
पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएका थिए । लुटपाटको खबरपछि तत्काल उक्त स्थानमा खटिएका थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।