६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धन भत्काउन काँग्रेस एमालेबीच छलफल



१७ असार
काठमाडौं । गएराती नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउन प्रयास गरेका छन् ।
छलफलका अनुसार पहिलो डेढ बर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सम्भावना छ । त्यसपछि काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
परिपरिवर्तनका लागि नेकपा एमाले महासचिव लामो छलफल गरिरहेको एमाले निकट श्रोतले जानकारी दिएको छ ।
छलफलको क्रममा एमालेले अर्थसहित ९ वटा मन्त्रालय लिने बिषयमा करिव करिव सहमती भएको छ र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिएर सरकारमा जानेछ ।
मध्यराती नै सहमती हुने हल्ला चलेपनि कुनै पनि सहमतीको बुँदाहरु सार्वजनिक भएको छैन ।
सत्ताको विषयमा नेताहरु छलफलमै रहेकाले काँग्रेस एमाले र माओवादीमध्ये जो कोही प्रधानमन्त्री बन्ने सम्भावना छ । गठबन्धन भत्कन्छ वा भत्कन्न यसै भन्न सकिने अवस्था छैन ।
पछिल्लो समय विभिन्न भ्रष्टाचारको काण्डमा कर्मचारी पक्राउ परेपछि राजनीतिक संलग्नताको छनक देखिएसँगै राजनीतिमा हलचल आएकाृे बुझ्न सकिन्छ । पछिल्लो समय आर्थिक मन्दीसँगै युवाहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेसँगै सरकारको प्रभावकारितामा समेत प्रश्न उठ्दै आएको थियो ।

 

 

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  १ : २१ बजे