६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढीले बगाएर युवतीको मृत्यु



सुदूरपश्चिम
१९ असार । कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको आज मृत्यु भएको छ ।
काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थियो । तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उनको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश सरकार, प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा खोलामा बढेको पानीको बहावका कारण कैलालीको घोडाघोडी नगरपालिकाको चुड्डीकाँडा नदीको काठेपुल, र डोडा नदीको काठे पुल बगाएको छ ।
पुल बगाउँदा आवागमन बन्द भएको छ । वर्षासँगै भजनी नगरपालिका, कैलारी गाउँपालिका क्षेत्रमा बाढी बस्तीमा पसेपछि १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार नजिकैको अग्लो स्थानमा रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
धनगढी उपमहानगरपालिकाको शिवनगर, वसन्त टोललगायत बस्ती जलमग्न भई कतिपय परिवारको घरमा पानी पसेको छ । वर्षासँगैको डुबानले जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभागका बस्ती प्रभावित भएका छन् ।
अविरलको वर्षापछि जिल्लाका मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ६ : ०२ बजे