१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक रामकृष्ण ढकालको म्युजिक भिडियो ‘मायाको घर’ सार्वजनिक



काठमाडौं
२१ असार । गोविन्द कँडेल ‘आँशु’को शब्द र रामकृष्ण ढकालको आवाज रहेको गीत ‘मायाको घर’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
स्वीकृति सापकोटाको निर्देशनमा तयार भिडियो सार्वजनिक गरिएको हो । गीतमा ढकाललाई वाल कलाकार आर्या वाणीले साथ दिएकी छिन् ।
हरि लम्सालको रचनामा तयार भएको गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका छन् । भिडियोमा सुशील खनालको छायांकन, सम्पादन र कलर संयोजन छ ।

हेर्नुस् म्युजिक भिडियो :

भिडियो सार्वजनिक पछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै गायक ढकालले आफ्ना पुराना गीतहरुमा भन्दा मायाको घर फरक शैलीमा रहेको बताए । उत्कृष्ट संगीत र शब्दमा बनेको गीतको भिडियो झनै राम्रो बनेको भन्दै हेर्नका लागि सबैमा आग्रह गरे ।
शुक्रबार काठमाडौंमा आयोजित समारोहमा गायक एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकहरु यम बराल, हेमन्त शर्मा लगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

 

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  १० : १७ बजे