२३ असार । ललितपुरको इखाचे र काठमाडौंको दक्षिणकालीमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
२३ असार । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–११ इखाचेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै,काठमाडौंको दक्षिणकाली नगरपालिका–४ बाँसबारी एक पुरुष मृत भेटिएका छन् । यसै ठाँउ बस्ने ५२ वर्षीय भरत बस्याल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया