८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र ‘कल्कि २८९८ एडी’ हजार करोड कमाउने बाटोमा



काठमाडौँ
२४ असार । बलिउड चलचित्र ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ । जुन २७, २०२४ मा प्रर्दशन भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो चलचित्रले दर्शकको निकै माया पाइरहेको छ ।

चलचित्रले घरेलु बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । योसँगै यो चलचित्रको विश्वव्यापी कमाईको आँकडा पनि तिब्र गतिमा बढिरहेको छ । आज निर्माताले ११ दिनको कमाईको अपडेट सेयर गरेका छन् ।

नाग अश्विनको निर्देशनमा बनेको यो चलचित्र भारत स्तरमा प्रर्दशन भएको छ । केवल ११ दिनमा चिलचित्रले भारतमा सबै भाषासहित ५०७ करोड भारुको व्यापार गरेको थियो । योसँगै चलचित्र ग्लोबल बक्स अफिसमा १००० करोडको क्लबमा सामेल हुने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ । वैजयन्ती मुभिजले साझा गरेको जानकारी अनुसार यो चलचित्रले विश्वभर ९०० करोड कमाएको छ ।

निर्माण पक्षले चलचित्रको नयाँ पोस्ट सार्वजनिक गरेको छ । यो चलचित्रलाई ९०० करोडको आँकडाको साथ एक एपिक ब्लकबस्टरको रूपमा वर्णन गरिएको छ । पोस्टरको साथमा क्याप्सनमा लेखिएको छ, ’जादुई माइलस्टोनतर्फ अघि बढ्दै…’। चलचित्रको यो उपलब्धिलाई दर्शकले निर्मातालाई बधाई दिइरहेका छन् । उनीहरुले पनि १००० करोडको पोस्टर हेर्न आतुर रहेको बताएका छन् । चलचित्र ‘कल्की २८९८ एडी’ को सिक्वेलको काम पनि सुरु भएको बताइएको छ ।

चलचित्र कल्की करिब ६ सय करोडको बजेटमा बनेको हो ।

यो चलचित्रले हिन्दी क्षेत्रमा पनि दर्शकलाई आकर्षित गर्न सफल भए पनि तुलनात्मक रूपमा दक्षिण भाषी क्षेत्रको तुलनामा हिन्दी क्षेत्रमा यसको चर्चा छैन । तर, कमाईको हिसाबले अहिलेसम्मको प्रदर्शन राम्रो भइरहेको छ र यो अवस्था कायम रहेमा चलचित्र छिट्टै हिट र सुपरहिटको श्रेणीमा पर्नेछ ।

चलचित्र ‘कल्कि २८९८ एडी’ प्राचीन भारतीय हिन्दू पौराणिक कथाको पृष्ठभूमिमा आधारित छ । चलचित्रमा मृणाल ठाकुर, एसएस राजामौली र दुल्कर सलमानको क्यामियो पनि छ। यो चलचित्रको सिक्वेलको पनि घोषणा भइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ३ : ४३ बजे