११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गणेश नेपालीको गजलमा जोस अनुजको स्वर र अभिनय



धनगढी
२४ असार । गणेश नेपालीको गजलसंग्रह एकलव्यभित्र रहेको शीर्ष गजलमा कैलालीको अत्तरियाका युवा व्यवसायीसमेत रहेका गायक जोस अनुजले स्वर दिएका छन्।

मान्छेका असन्तुस्टि, स्वार्थ, देखासिकी, आत्ममुग्धता, अहंकारी, स्वभाव र प्रवृतिमाथी गरिएको शब्द सिर्जनामा स्वर दिएका गायक जोसले गीतको म्युजिक भिडियो पनि तयार गरेका छन्। जसमा गायक स्वयंमले अभिनय गरेका छन्।

म्युजिक भिडियोमा धनगढी, डडेल्धुरा भीमदत पन्त लोकमार्गको मध्येबिन्दु, सुन्दर प्राकृतिक छटाले सुशोभित बुडर झरना, सुन्दर मनमोहक हरियाली र ग्रामीण जनजीवनलाई कैद गरिएको छ।

गीतमा संगीत स्वयम् जोस, एरेन्जर मनिष घर्तीमगर, रेकर्डिङ र मिक्सिङ एसएम भिडियो, क्यामेरा पिआर जोशी, पोस्ट प्रोडक्सन बीएसजी पिक्चर्स, एफटी जोस र जहित बुढाको रहेको छ। गीत निर्माण टिमले सहयोगी रबर्टसिंह बडैलाप्रति कृतज्ञता ज्ञापन गरेको छ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।