३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसनमा अन्तिम १५ जना छनौट



काठमाडौं
२५ असार । मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसनमा अन्तिम १५ जना छनौट भएका छन् । दोस्रो अडिसनमार्फत ती प्रतियोगी छनौट भएका हुन् ।
विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका आयोजना गर्दैछ ।
उपत्यकालगायत मोफसलका विभिन्न स्थानवाट काठमाडौं आएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरु प्रतियोगितामा समावेस रहेको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।
विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको कार्यक्रम निर्देशक तुलाधरको भनाई छ ।
उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।