१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसनमा अन्तिम १५ जना छनौट



काठमाडौं
२५ असार । मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसनमा अन्तिम १५ जना छनौट भएका छन् । दोस्रो अडिसनमार्फत ती प्रतियोगी छनौट भएका हुन् ।
विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका आयोजना गर्दैछ ।
उपत्यकालगायत मोफसलका विभिन्न स्थानवाट काठमाडौं आएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरु प्रतियोगितामा समावेस रहेको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।
विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको कार्यक्रम निर्देशक तुलाधरको भनाई छ ।
उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।