१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनमत पार्टीले केन्द्रीय सचिवसहित सात जनालाई गर्‍यो तीन महिना निलम्बन



२६ असार । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ । अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।