२८ असार । मगर संस्कृतीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘घरज्वाइँ’ आजबाट देशभर प्रर्दशन सुरु भएको छ ।
दयाहाङ राई र मिरुना मगर अभिनीत देशभर २ सय पचास भन्दा धेरै हलमा प्रर्दशन सुरु भएको निर्माण पक्षले जानकारी दिएको छ । बर्षामासमा एकल प्रर्दश नगरिएको यस चलचित्रले देशभरका प्राय ः सबै हलमा चलचित्र प्रर्दशन सुरु भएको हो ।
पूर्वी रुकुमको ताक्सेला वरपरका सुन्द्यर हिमाली गाँउमा छायाँकन गरिएको चलचित्र ‘घरज्वाइँ’मा पछिल्लो पुस्ताका चर्चित जोडी दया हाङ राई र मिरुना मगरको जोडीले अभिनय गरेका छन् । प्रेम कथामा आधारित यस चलचित्रमा पश्चिम नेपालमा विवाह अगाडि बेहुलाले ससुराली घरमा घरज्वाइँ बसेर मन जित्नु पर्ने परम्परागत कथा समेटिएको छ ।
चलचित्रमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको समेथ अभिनय हेर्न पाइन्छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण गरिएको यस चलचित्रको गत मंगलबार राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियरमा सहभागी कलाकार,आफन्त र शुभेच्छुकहरुले चलचित्र ‘राम्रो’ लागेको बताएका थिए ।
नेपालको मौलिक कथा र परिवेसलाई समेटिएको यस चलचित्र दुई घण्टा ६ मिनेटको रहेको छ ।
प्रतिक्रिया