२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा



काठमाडौं
२८ असार । श्रावण १८ प्रर्दशन हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ।
डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ।

यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ’मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब शर्ट्समा अपलोड गरी अनिवार्य रूपमा ह्यासट्यागहरु प्रयोग गर्नु पर्ने र ’मोदीबेनी’को अफिसियल फेसबुक पेजलाई मेन्सन गर्नुपर्ने जनाइएको छ।

रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोला प्रथा गरी ३ जना भाग्यशाली विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। लोकल फार्म, घराना लाउन्ज, सिडिसी सिनेमा तथा केटिएम फिटनेसले विभिन्न पुरस्कार तथा विशेष छुट सौजन्य गर्नेछन्।

रिल बनाउँदा चलचित्रको अफिसियल पेजमा अपलोड भएका रिलहरूबाट गीतको अडियो प्रयोग गर्न सकिनेछ भने भिडियोको स्टेपहरु पनि आइडिया लिन सकिनेछ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।