२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओलीले गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद्



३१ असार । प्रधानमन्त्री केपी ओली शपतलगत्तै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन्।

ओली सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टी १ मन्त्री बनेछन्।

ओली सरकारमा कांग्रेसबाट प्रकाशमान सिंह उप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री बनेका छन् भने रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, दीपक खड्का जलस्रोत तथा ऊर्जा, प्रदीप पौडेल स्वास्थ्य, तेजुलाल चौधरी युवा तथा खेलकुद, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला र ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन्।

यस्तै, एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दा पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई रक्षा, राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य, दामोदर भण्डारी, उद्योग र बलराम अधिकारी भूमि व्यवस्था सहकारी बनेका छन्।

यस्तै, जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् भने लोसपाबाछ शरतसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री बनेका छन्।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ६ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।