२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२२ सदस्यीय मन्त्रिमण्डलमा दलित शून्य, दुई जना मात्रै महिला



३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । आज (सोमबार) बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले दलित शून्य २२ सदस्यीय मन्त्रिपरिषदमा दुई जना महिला मन्त्री नियुक्त गरेका छन् । आरजु राणा देउवा परराष्ट्र र विद्या भट्टराई शिक्षा मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । पौडेललाई अर्थ र सिंहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । आकांक्षी सांसदहरू धेरै भएकाले एकै पटक मन्त्रिपरिषद्लाई पूर्णता दिने नीति ओलीले अपनाएका छन् । तर यसरी मन्त्रिपरिषद् गठन गर्दा समावेशीतामा प्रधानमन्त्री ओलीको ध्यान नपुगेको देखिएको छ ।

आइतबार रातिसम्म मन्त्री बन्ने निश्चित भएका पार्टी सचिव छविलाल विश्वकर्मालाई सोमबार बिहान मन्त्री बन्ने सूचीबाट हटाइएको छ ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।