६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिमलताल दुर्घटना : बसमा सवार ६५ जनाकै विवरण खुल्यो(विवरणसहित)



३१ असार । सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण खुलेको जनाएको हो । प्रशासनले यात्रुहरूको विवरण पनि सार्वजनिक गरेको छ ।
वीरगन्जबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । जसमध्ये गणपति बसमा सवार तीन जना बच्न सफल भएका थिए ।
प्रशासनका अनुसार सोमबारसम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । उनीहरूमध्ये आठ जनाको पहिचान भएको छ । बाँकी ६ जनाको पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ४ : ४२ बजे