९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा पानी नै पानी



काठमाडौं
३ साउन । ठूलो वर्षाभएपछि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृह परिसरमा पानी नै पानी जमेर जलमग्न भएको छ ।

कठमाडौं महानगरका केही कार्यालय समेत रहेको सभागृहमा मेसिन लगाएर पानी फ्याक्न सुरु भएको छ । पानीका कारण भित्र जान समस्या भएको एक कर्मचारीले बताएका छन् ।

सभागृहको अडिटोरियम हलमामा राजधानीमा हुने महत्वपूर्ण कार्यक्रम हुने गर्दछन् । लामो समयदेखि काठमाडौं महानगरद्वारा सञ्चालित मेट्रो एफएम समेत यही भवनमा रहेको छ ।
पानी जाने उचित निकास नहुँदा यहाँ पानी जमेको हो । नजिकै नेपाल प्रहरीद्वारा सञ्चालित क्लव रहेको छ । यहाँ नयाँ भवन बनेपछि आकाशे पानीको निकासमा झन् समस्या बढेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ५ : ०९ बजे