९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कुलेश्वर सडकमा लागुऔषध सेवनगरी दुर्घटना गराएपछि चालक प्रहरी नियन्त्रणमा



काठमाडौँ
८ साउन । काठमाडौंको कुलेश्वर सडकमा लागुऔषध सेवनगरी दुर्घटना गराएपछि एक नीजि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध सेवनगरी दुर्घटना गराएको भन्दै ती चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार बेलुका काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

भूपेन्द्र श्रेष्ठले लागुऔषध प्रयोगगरी लापर्वाहीपूर्वक चलाएको बा१९व ५११६ नम्बरको निजी कारले सोही सडकको दाँया ‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका तीन जना व्यक्तिलाई ठक्कर दिएको प्रहरीको भनाई छ ।
श्रेष्ठको साथबाट लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौँ बस्ने वर्ष १८ को प्रियन्सु कुमार, भारत घर भएका अर्का वर्ष २५ को भोलाकुमार र काठमाडौँ बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर रहेका छन् ।

तीनै जना पैदलयात्रु घाइतेलाई उद्धारगरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको थियो ।

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : २१ बजे