२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर सुनाए आँखाको क्षेत्रका योजना



काठमाडौँ
१० साउन । बरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर आँखाको क्षेत्रका गर्न सकिने विभिन्न योजनाका बारेमा छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आज आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गरेका हुन् ।

प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । प्रधानमन्त्री ओलीले बरिष्ठ चिकित्सक डा रुइतसँगको भेटपछि आफूलाई ताजा महसुस भएको अनुभव साटेका छन् ।

प्रधानमन्त्री ओलीको भनाई :
“बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।”

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ४ : ३५ बजे