५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा



१३ साउन । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । आइतबार विशेष अदालतमा बयानका लागि हाजिर भएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

आइतबार दिनभर भएको बयानपछि थुनछेक आदेश भएको उनले बताए । उनले उक्त प्रकरणमा सात जना अदालत उपस्थित भइसकेको र पाँच जना उपस्थित हुन बाँकी रहेको जानकारी दिए ।

अन्तःशुल्क स्टिकर छपाइ प्रकरण तत्कालीन मुख्यसचिवसहित १२ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ४५ बजे