५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरा स्कुल बस दुर्घटनाः कार्यालय सहयोगी र उनका ५ वर्षीय छोराको मृत्यु(अपडेट)



१४ साउन । पोखरामा स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अन्य २७ जना घाइते भएका छन्। मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन्। प्रिन्सको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो।

पोखराको एलपी देवकोटा मेमोरियल स्कूलको बस आज बिहान विद्यार्थी लिएर पोखरा–२१ रामदीबाट बिरौटा फर्कने क्रममा दुर्घटनामा परेको थियो।

घाइते विद्यार्थी तथा चालकको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

घाइते मध्ये १४ जनाको गण्डकी मेडिकल कलेज पृथ्वीचोक, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य २ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्छ। बस सडकको डिलबाट ५० मिटर तल पल्टिएको हो।
दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् ।

घाइते हुने चालकमा पोखरा–१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् । घाइते विद्यार्थीमा पोखरा–२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा १७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा–२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा–१७ की सिजा विक, पोखरा–२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ०७ बजे