५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाघको आक्रमणबाट बृद्ध घाइते



चितवन
२० साउन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय बृद्ध पशुपति श्रेष्ठ घाइते भएका छन् । विहानपख उनी बाघको आक्रमणमा परेका हुन् ।
भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको थियो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था स्थिर रहेको छ। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : ३७ बजे