२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मर्दी हिमालको बेस क्याम्पमा हराएका स्विडिस नागरिकको शव फेला



२० साउन । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ। माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीकाअनुसार स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रबार निगालो घारीमा मानव अवशेष फेला पारेका हुन्।

४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।

‘मर्दी हिमालको बेस क्याम्पको मुख्य बाटोभन्दा करिब १२ सय मिटर पूर्वतिर मर्दी खोलाको उद्गम स्थलमाथि पर्ने लाम डाँडाको खोँचमा मानव लासको अवशेष भेटिएको हो,’ उनले भने।
उक्त मानव अवशेष ७ महिलाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।