५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नारायणी नदि किनारमा हिडिरहेका बृद्धमाथि बाघको आक्रमण : प्रदेश सरकारले उपचार गर्ने



मुग्लिन (चितवन)
२१ साउन । नारायणी नदि किनारमा हिडिरहेका बृद्धमाथि बाघको आक्रमण पछि उपचार सुरु भएको छ ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते भएका थिए । हाल चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।
श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राति नै नियन्त्रणमा लिइसकेको छ ।

श्रेष्ठको अवस्था बुझ्न आज अस्पताल पुगेका उनले यस्तो बताएका हुन् ।
श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्नुहुँदै मन्त्री सिलवालले स्वास्थ्य लाभको कामनासहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसँग बुझ्नुभएको थियो ।
उनले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै केही समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताए ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ५९ बजे