९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर नगरकोट र चाँगुनारायण सडक अवरुद्ध



भक्तपुर
२२ साउन । भक्तपुर नगरकोट सडक र चाँगुनारायण मन्दिर जाने सडक बर्षापछि अवरुद्ध भएको छ ।
लगातारको वर्षापछि खसेको पहिरोले भक्तपुर–नगरकोट सडक अवरुद्ध भएको हो । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज दिउँसो चाँगुनारायण–६ मुहान पोखरी नजिक पहिरो जाँदा सडकमा अवरुद्ध भएको जानकारी दिएका छन् ।

उनले सुरक्षा निकायसँगको समन्वयमा सडक खुलाउने प्रयास गरिरहेको बताए । भक्तपुरबाट नगरकोट जाने वैकल्पिक सडकसमेत पहिरोको जोखिममा परेपछि नगरकोटबाट भक्तपुर आवतजावत रोकिएको छ । भोलिसम्ममा सडक सञ्चालन गर्नेगरी काम भइरहेको नगरप्रमुख खत्रीले जानकारी दिए ।

यसैगरि चाँगुनारायण मन्दिर जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको सडक भने आजै खुलाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ४ : २९ बजे